Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा-झोर सडक : राष्ट्रिय राजमार्गको मापदण्ड खारेज भएको हो ?


  • सोमबार, असार १ २०८३

  • टोखा-झोर सडक : राष्ट्रिय राजमार्गको मापदण्ड खारेज भएको हो ?

    काठमाडौ – टोखा नगर पालिकाले सामाखुसी, टोखा, झोर सडकको मापदण्ड सम्बन्धि विषयमा यथास्थिति ( मापदण्ड सम्बन्धी निर्णय हुनु पूर्वको ) कै अवस्था मानेर सुचना जारी गरेको छ । नगर पालिकाले उक्त सडक राष्ट्रिय राजमार्ग अन्तर्गतको मापदण्डमा परेको भन्ने मन्त्री परिषद्को निर्णय राजपत्रमा प्रकाशित नभएको र सर्वोच्च अदालतले २०७६ / ०७ / ६ मा भएको पूर्ण इजलासको फैसला समेतलाई मध्यनजर गर्दै पुरानै अवस्थाको मानिएको सन्देश प्रवाह हुने सुचना जारी गरिएको छ ।
    आवास तथा वस्ति विकाश साखाका विजेन्द्र श्रेष्ठद्वारा जारी सुचनामा सडक डिभिजन कार्यालयको मिति २०८३ / ०२ / १८ मा पत्र प्राप्त भएको उल्लेख गरिएको छ । नगर पालिकाले सर्वोच्चको फैसला र सडक डिभिजन कार्यालयले पठाएको पत्रमा लेखिएको ब्यहोरा उल्लेख गरेको छैन ।
    यस अघि सडक डिभिजन कार्यालयले उक्त सडक राष्ट्रिय राजमार्गमा परेकाले बाटोको मध्यभागवाट दायाँ बाँयाँ २५ – २५ मिटर र सेटब्याक थप ६ मिटर छाड्न पर्ने ब्यहोराको पत्र नगर पालिकामा आएको थियो । सोही पत्रका आधारामा घर जग्गा सिफारिस र नक्सा पास र बैङ्किङ प्रयोजन समेत रोकिएको थियो । नगर पालिकाको अहिलेको सुचना हेर्दा नक्सापास देखि सबै प्रकारका सिफारिस र बैङ्‌किङ प्रयोजन समेत खुल्ला भएको बुझिन्छ । तर पिडित जनता भने अहिले पनि अन्यौलमा नै देखिन्छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij