काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९७ अकंले बढेर २६७१.०७ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । सर्वाधिक शेयर मूल्य विकास बैंक र हाइड्रोपावर समूहको बढेको छ । विकास बैंक समूहको १.१८ प्रतिशत र हाइड्रोपावर समूहको ०.९७ प्रतिशतले बढेको हो ।
बिहिबार १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
