काठमाडौ – नेपाली कांग्रेस भित्रको विवद समाधान गर्ने मध्यरात सम्मको प्रयास सफल हुन सकेन । सहमति हुन नसके पछि वार्ता भोली बस्ने भन्दै स्थगित भएको छ ।
छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य थिए । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
