काठमाडौ – फागुन २१ गते हुने निर्वाचनको लागी बातावरण बनाउँन राष्ट्रपति रामचन्द्र पौडेलले पहल थालेका छन । मंगलवार आफ्नो सरकारी निवास शितल निवासमा मुख्य तीन दलका नेतालाई अध्यक्षलाई आमन्त्रण गरेर पौडेलले छलफल गरे । जहाँ प्रधानमन्त्री शुसिला कार्की समेत सहभागी थिइन । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजन पुष्पकमल दाहाल सहभागी बैठकको मुख्य एजेण्डा फागुन २१ को चुनाव थियो ।
प्रधानमन्त्री कार्की विना पनि शिर्ष दलका नेताले राष्ट्रपति पौडेलसंग छुट्टै छलफल गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति र दलका शिर्ष नेता विच चुनावका वाटेमा थप छलफल प्रधानमन्त्रीको अग्रसरतामा गर्ने सहमति भएको छ ।
निर्वाचनको विपक्षमा रहेको सहभागी हुनुलाई सकारात्मक रूपमा लिईएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
