काठमाडौ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ वाट प्रतिनिधि सभा निर्वाचनको लागी सिफारिस भएका नामहरुमा अनौठो संयोग देखिएको छ । पहिलो नम्बरमा पार्टी प्रवक्ता डा . प्रकाशशरण महतको नाम सिफारिस गरिएको छ । तर डा. महत उक्त क्षेत्रवाट निर्वाचन लड्ने वा नलडने निश्चित छैन । उनको सक्रियता नुवाकोटमा समेत देखिन्छ ।
रोचक के छ भने, जेनजी आन्दोलनका वेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । त्यहि सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र जेनजी पुस्ताका सरिन घिमिरे पनि क्षेत्र नं . ५ बाटै सिफारिस भएका छन । कांग्रेसले जेनजी पुस्ताका युवालाई निकै कम ठाउबाट सिफारिस गरेको मध्य यो क्षेत्र एउटा हो ।
दजनौं जेनजी युवाको ज्यान जाने गरि भएको आन्दोलनको प्रतिनिधि पुस्ता घिमिरे र सोहि आन्दोलन माथी क्रुर दमन गरेको र कानुनी कारवाहीको दायरामा ल्याइनु पर्छ भन्ने आवाज उठेको ओली नेतृत्वको सरकारका मन्त्री एउटै क्षेत्रवाट सिफारिस हुनुलाई रोचक ढंगवाट हेरिएको छ ।
यी बाहेक नेपाल जेसिसकी निवर्तमान अध्यक्ष रजनी थापा र कांग्रेसकै युवा नेता भैरब सापकोटा पनि यसै क्षेत्रबाट सिफारिस भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
