Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कल्याण गुरुङले गगनलाई भने : सभापतिको उमेरको इज्जत नगरे पनि आफ्नो उमेरको त गर्नुस्


  • बुधबार, मंसिर १० २०८२

  • कल्याण गुरुङले गगनलाई भने : सभापतिको उमेरको इज्जत नगरे पनि आफ्नो उमेरको त गर्नुस्

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङ्ले महामन्त्री गगन थापा प्रति कटाक्ष गर्दै कडा टिप्पणी गरेका छ्न । थापाको नाम नलिई गुरुङले पार्टी सभापति र कार्यवहाक सभापतिको ईज्जत नगरेको बताए । उनले सभापतिको उमेरको इज्जत नगरे पनि आफ्नै उमेरको इज्जत गर्न सुझाव दिए ।

    उनले भनेका छन :

    कांग्रेसका आदरणीय सभापति श्री शेर बहादुर देउवा हामी सबैको आदरणीय पार्टी सभापति हो ।

    वहां प्रत्येक नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्यहरुको मात्र होईन, सबै भ्रातृ एवं शुभेच्छुक संघ र संस्थाहरु एवं विदेश स्थित जन सम्पर्क समितिका सम्पुर्ण सदस्यहरुको पनि राजनीतिक र वैधानिकरुपमा नै पार्टी सभापति हो ।

    यसैगरी, नेपाली कांग्रेसका कार्यवाहक सभापति आदरणीय श्री पुर्ण बहादुर खडका राजनीतिक र वैधानिकरुपमा नै हामी सबैको आदरणीय कार्यवाहक पार्टी सभापति हो ।

    यसमा पनि कसैलाई कुनै सन्देह छ र ?

    कसैलाई मन परेन भन्दैमा आफ्नै पार्टीको आदरणीय पार्टी सभापतिको पदीय, व्यक्तिगत, वैधानिक र कानुनी मर्यादामा आंच पुग्ने गरि सामाजिक संजाल रंगाएर प्रतिस्पर्धीहरुले जुंगा मुसार्ने र जगत् हंसाउने कार्य गर्नु अबोध बालहठ मात्रै हो ।

    बालबालिकाहरुले सानो सानो चकलेटको लागि कुरा नबुझेर गरेको झमेला जस्तै हो ।

    साथीहरुलाई यति धेरै बालखपन पनि सुहाउदैन यो उमेरमा ।

    अरुको व्यक्तिगत सम्मान गर्न नजाने पनि, अरुको उमेरको ईज्जत गर्न नसके पनि कम्तिमा आफु स्वयंको र आफ्नो उमेरको त आफैले ईज्जत गरौं साथीहरु ।

    हामीले पार्टीका सभापति, कार्यवाहक सभापति, पदाधिकारीहरु र पार्टीका नेताहरुको पदीय र व्यक्तिगत मर्यादाको सदैव ख्याल राख्नु पर्छ र ईज्जत गर्नु पर्छ । यसैगरि पार्टिका हरेक सदस्य साथीहरुको पनि मान, सम्मान, ईज्जत र मर्यादाको सदैव हेक्का राख्नु पर्छ ।

    पार्टीका साथीहरुले नेपालको संविधान र नेपाली कांग्रेसको विधान, नियमावली र कार्यविधिको पनि अध्ययन गर्दै त्यसमा निहितार्थ ज्ञानहरुको पनि हेक्का राख्नु पर्छ ।

    लोकलज्जाको पनि ख्याल गर्नु पर्छ । नेपालको निर्वाचन सम्बन्धि ऐनलाई पनि ध्यानमा राख्नु पर्ने हुन्छ ।

    केटाकेटीहरुले अरुलाई हिलो छ्यापे भन्ने भ्रम पालेर आफु स्वयं हिलोले लतपतिएर हिलाम्मे भएको बालबालिका जस्तो जिद्दी गर्नु पनि राम्रो होईन ।

    हिजोको दिनमा आदरणीय श्री विश्वेश्वर प्रसाद कोईराला सभापति र आदरणीय श्री कृष्ण प्रसाद भट्टराई कार्यवाहक सभापति हुनु भएको समयलाई सम्झौं, पढौं र मनन गरौं !

    यसको साथसाथै आदरणीय श्री गिरिजा प्रसाद कोईराला सभापति र आदरणीय श्री सुशील कोईराला कार्यवाहक सभापति हुनु भएको दिनहरुलाई पनि सम्झौं, अध्ययन गरौं र ती अध्यायलाई पनि मनन गरौं । ती दिनहरुमा भएका मननीय अभ्यासहरुलाई पनि आत्मसात् गरौं ।

    नेपालको संविधान, नेपाली कांग्रेसको ईतिहास, विधान र नियमावली र नेपालको निर्वाचन सम्बन्धी ऐनलाई पढौं, अहिलेका धेरै अनुत्तरित प्रश्नहरुको स्वतस्फुर्त र स्वभाविक उत्तर त्यसमा निहित छ ।

    यसर्थ,
    विवेक गुमाउने छुट हामी कसैलाई पनि छैन ।
    अहिले संवाद, सहमति र एकताको समय हो ।
    आवेग, आवेश, आक्रोश र उत्तेजनाको समय होईन ।
    अहिले शान्ति, संयम, धैर्य र विवेकको समय हो ।
    आफु सम्हालिने र साथीहरुलाई सम्हाल्ने समय हो ।

    अन्त्यमा,
    अंग्रेजीमा एउटा भनाई छ –
    “Never assume the loud means strong and quiet means weak.”

    किमधिकम् ।

    जय नेपाल !

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij