Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से १३.८० अकंले बढ्यो


  • मंगलबार, मंसिर २ २०८२

  • नेप्से १३.८० अकंले बढ्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६ करोठ ५६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

    यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    मंगलबार २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

    आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोको १५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij