Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसवाई प्यानलको आईपीओ बाँडफाँट


  • आइतबार, कार्तिक ३० २०८२

  • एसवाई प्यानलको आईपीओ बाँडफाँट

    काठमाडौं- एसवाई प्यानल लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज आइतबार बिहान शेयर बाँडफाँड गरेको हो।

    कम्पनीले कार्तिक १९ गतेदेखि कार्तिक २३ गतेसम्म आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १ सय ५६ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाले आवेदन दिएका थिए ।

    जस मध्ये २० लाख ८७ हजार ३ सय २० जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६ सय १५ जनाले मात्र शेयर पाएका छन्। शेयर पाएका मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले पाएका छन् ।

    बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नातिजा केही समयपछि प्रकाशन हुने छ।

    मेरो शेयरको वेबसाइटः https://iporesult.cdsc.com.np/
    बिक्री प्रबन्धकको वेबसाइटः https://www.prabhucapital.com/ipo-allotment
    मेरो शेयर लगइनः https://meroshare.cdsc.com.np/#/login

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij