Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस संस्थापनको प्रस्ताव : वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन


  • मंगलबार, कार्तिक १८ २०८२

  • कांग्रेस संस्थापनको प्रस्ताव : वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन

    काठमाडौं -नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बैठकमा संस्थापन पक्षले बैसाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छ्न । सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन । यता संस्थापन इतर महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव प्रस्ताव गरेका छन । १५औ महाधिवेशन पुस १६देखि १९ सम्म गर्न प्रस्ताव गरेका छन ।

    महामन्त्री थापाले पेश गरेको महाधिवेशन तालिका यस्तो छ :

    पुस १६देखि १९ गते।

    मंगसिर १० गते सम्म – क्रियाशील नवीकरण र नयाँ वितरण

    मंगसिर १०-२० गते सम्म- क्रियाशील छानबीन गर्ने

    मंगसिर २४ गते- निर्वाचन समितिलाई हस्तान्तरण

    मंगसिर २७ गते : वडा अधिबेशन

    पौष ५ : क्षेत्रिय अधिबेशन

    पौष १६-१९ : १५ औ केन्द्रीय महाधिवेशन

    सहमहामन्त्री यादवले पेश गरेको महाधिवेशन तालिका यस्तो छ :

    मंसिर २० गते सम्म – क्रियाशील नवीकरण र पौष ५ गते सम्म : नयाँ वितरण

    पौष २० गते सम्म : निर्वाचन समितिलाई क्रियाशील हस्तान्तरण

    चैत्र १ गते : वडा अधिबेशन

    चैत्र ५ गते : पालिका अधिबेशन

    चैत्र १२ गते : प्रदेश क्षेत्रीय अधिबेशन

    चैत्र २० गते : संघीय क्षेत्रिय अधिबेशन

    चैत्र ३० गते : जिल्ला अधिबेशन

    वैशाख १५ गते : सात प्रदेश अधिवेशन

    वैशाख २७-२९ : १५ औं केन्द्रीय महाधिवेशन

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij