Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ८.२४ अकंले घट्यो


  • सोमबार, कार्तिक १७ २०८२

  • नेप्से ८.२४ अकंले घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन ७ समूहको शेयर मूल्यमा गिरावट देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२२ प्रतिशत, फाइनान्स समूहको ०.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.०५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७० प्रतिशत र जीवन बीमा समूहको १.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    यता, ७२ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको हो । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij