Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी आन्दोलनको साइड इफेक्ट : प्रमुख दलहरू विवादको भूमरीमा


  • शुक्रबार, कार्तिक १४ २०८२

  • जेनजी आन्दोलनको साइड इफेक्ट : प्रमुख दलहरू विवादको भूमरीमा

    काठमाडौं – जेनजी आन्दोलन पछि नेपालका प्रमुख राजनितिक दलहरू आन्तरिक विवादमा फसेका छ्न । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकिक्रित समाजवादी भित्र अहिले चर्को विवाद चलिरहेको छ । आन्तरिक विवादकै कारण जेनजी आन्दोलनको विध्वङ्श, सम्वैधानिक व्यवस्था भन्दा बाहिरको कार्की सरकार र घोषित निर्वाचन वारे समेत प्रष्ट र संस्थागत धारणा वाहिर आउँन सकेको छैन ।

    जेनजी आन्दोलनको साइड इफेक्टको रुपमा देखिएको दलहरु भित्रको मुख्य विवाद नेतृत्व हस्तान्तरणको हो । आन्दोलन अघि पनि दलहरुका युवा पुस्ताले अघिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न दवाव दिए पनि जेनजी आन्दोलन पछि विद्रोह कै रूपमा देखा परेको छ ।

    कांग्रेसमा विशेष महाधिवेश कि नियमित महाधिवेशन भन्ने विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्ण वहादुर खड्‌कालाई कार्यवहाक सभापतिको जिम्बेवारी दिएको भए पनि तत्काल महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नु पर्छ भन्ने विवाद कायमै छ । जसको नेतृत्व महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन ।

    कांग्रेस भिन्न संस्थापन पक्ष र इतर पक्षविच विवद थप पेचिलो बन्दै गएको छ ।

    एमाले भिन्न पनि भित्र भित्रै विवाद बढ्‌दै गएको देखिन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय पार्टी राजनिति गर्न दवाव बढाए पछि गर्माएको एमाले राजनिति जेनजी आन्दोलन पछि थप पेचिलो बनेको छ । अध्यक्ष केपी ओलीले छाड्नु पर्छ भन्ने मत बलियो बन्दै गएको देखिन्छ । इश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, युवराज ज्ञवालीहरु खुला रूपमै ओली विरुद्ध देखिएका छन ।

    माओवादी भित्र पनि उस्तै देखिन्छ । चर्को दवाव पछि अध्यक्ष छाडेर संयोजक बनेका पुष्प कमल दाहाल विरुद्ध जर्नादन शर्माहरू पहिले देखि नै संघर्षमा लिए । अहिले नारायण काजी श्रेष्ठहरु समेत खुला आलोचनामा उत्रिएका छन ।

    एविक्रित समाजवादीसंग एकता हुन नदिन श्रेष्ठ पक्ष खुलेर लागेको छ भने एकिक्रित समाजवादी भित्र पनि माओवादी संग एकता गर्न नहुने भन्दै चर्को असन्तुष्टि छ । झलनाथ खनाल, घनश्याम भुसाल, विजय पौडेल लगाएतका थुप्रै नेताहरु एकताको विपक्षमा मात्रै छैनन् अध्यक्ष माधव नेपालले नेतृत्व नै छाड्नु पर्ने पक्षमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij