काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले फेरि एक पल्ट राजनितिक दल र नेता विरुद्ध टिप्पणी गरेका छ्न । उनले आफुलाई लुसिफर भनिएको प्रति पनि आपत्ति जनाएका छन ।
उनले भनेका छन
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
