काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलामा ३ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
