Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड


  • बुधबार, असोज २२ २०८२

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड बनाउदै आएको छ । यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij