Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीको अनौठो उर्दी : बिहानै र राति कुकरमा सिठ्ठी नलाउनू


  • बिहिबार, भाद्र १९ २०८२

  • प्रहरीको अनौठो उर्दी : बिहानै र राति कुकरमा सिठ्ठी नलाउनू

    काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनी प्रदुपण कम गर्न अनौठो किसिम कोसूचना जारी गरेको छ । विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर पुग्ने भन्दै पाँच शिर्षकमा उर्दी जारी गरेको हो।

    प्रहरी कार्यालयले राती, बिहान, शौचालय तथा अन्य घरेलु क्रियाकलाप, सामाजिक तथा धार्मिक क्रियाकलाप र अन्य क्रियाकलाप गर्दा वा स–साना काम गर्दा उत्पन्न हुने ध्वनीलाई समेत नियन्त्रण गर्न भनेको छ ।

    प्रहरीको सुचनामूलक सन्देशमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने नगरौं, गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं, राती अबेर प्रेसर कुक्करमा सिठ्ठी नलगाऔंलगायतका काम नगर्न आग्रह गरेको छ ।

    त्यस्तै, प्रहरीको जारी सुचनामा राती अबेर शौचालय फ्रस गर्दा ध्वनी कम गर्ने उपाय गर्नुपर्ने, घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गर्ने, सडकमा अनावश्यक हल्ला नगर्नेलगायतका कामहरु नगर्न समेत आग्रह गरेको छ । कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij