Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा उच्च अंकको वृद्धि


  • बुधबार, भाद्र ११ २०८२

  • शेयर बजारमा उच्च अंकको वृद्धि

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३ दशमलव ०१ अंकले बढेर २,८१९ को विन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

    आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बिहिबार विकास बैंक समूहको शेयर मूल्य मात्रै सर्वाधिक ३.५९ प्रतिशतले बढेको हो । साथै, फाइनान्सको २.१५ प्रतिशत, जीवन बीमा समूहको २.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.३८ प्रतिशत, वाणिज्य बैंक समूहको १.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    बुधबार २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij