काठमाडौं – लामो समयको विवाद पछि प्रधान न्यायाधिश प्रकाशमान शिंह राउतले सम्बैधानिक इजलाश गठन गरेका छन । इजलासमा प्रधानन्यायाधीश राउतको नेतृत्वमा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा राखिएका छन्। मल्लपछिका न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र कुमार चुडाललाई इजलाशमा राखिएको छैन । गोलाप्रथाद्वारा कि वरिष्ठताको आधारमा सम्बैधानिक इजलाश गठन गर्ने भन्ने विवादका विच राउतले निर्णय लिएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
