Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट


  • आइतबार, भाद्र ८ २०८२

  • माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट

    काठमाडौं – माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ ८ गते, आइतबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँट भएको हो।

    कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।

    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। अर्थात ४ जनाले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij