काठमाडौं – टोखा नगर पालिकाका कार्यकारी अधिकृत शेरबहादुर बिसिले सरुवा भएर जाँदा जाँदै ठूलो रकम भ्रष्टाचार गरेर कुम्ल्याएका छन । अघिल्लै आर्थिक बर्षमा सरुवा भए पनि विभिन्न योजनाका कमिसन बुझ्न बाँकी भएकाले उनले सरुवा पत्र बुझेका थिएनन् । डडेल्धुराका बिसिले कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुँ भन्दै भ्रष्टाचारको सामराज्य नै चलाएका थिए । उनलाई देउवाका स्वकिय सचिव भानु देउवाको समेत साथ रहदै आएको थियो ।
आर्थिक वर्षको अन्त्यमा गरिएको भुक्तानिमा मात्रै उनले करोडौ कमिशन उठाएका छन । त्यो बाहेक सामुखुसी चोकमा बनेको सिटी स्क्वायर मलको नक्सा पास गरेर २५ लाख कुम्ल्याएका छन । मापदण्ड विपरित बनेकाले नक्सापास रोकिएको उक्त मलबाट ढकाल थरका एक बिचौलिया मार्फत विसिले २५ लाख रकम बुझेका हुन ।

२५ लाख डिल गरेर रकम बुझेको प्रमाण सहित अख्तियारमा उजुरी परेको र प्रारम्भिक छानविन सुरु गरिएको स्रोतले बतायो ।
सिटी स्क्वायर मल २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको ३३ किलो तस्करीको सुनका मालिक रोशन भन्ने गुप्तलाल भूसालको हो । विसीको अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । तर अहिले पनि टोखाको डाँडाकाँडा घुमिरहेका छन । घुसको पैसा भागवण्डा र उठ्न बाँकी रकम राफसाफ गर्न उनी टोखा तिरै घुमिरहेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
