Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सेवा प्रवाहमा स्वच्छता, पारदर्शिता र सुशासन कायम गर्न निर्देशन


  • बिहिबार, साउन २९ २०८२

  • सेवा प्रवाहमा स्वच्छता, पारदर्शिता र सुशासन कायम गर्न निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिनुुभएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गर्नुभएको हो ।

    उक्त अवसरमा प्रधानमन्त्रीले “सेवा प्रवाहमा स्वच्छता, पारदर्शिता र सुशासन कायम गर्न प्रविधि र दक्षताको उच्च उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन सबैले आ-आफ्नो क्षेत्रमा तदारुकताका साथ लाग्न समेत निर्देशन गर्नु भयाे ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij