Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा


  • शुक्रबार, साउन ९ २०८२

  • सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

    काठमाडौं – डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

    यस सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ । यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क÷एफसिवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij