Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रसुवा बाढी : तीन प्रहरी, ६ चिनियाँ र ९ नेपाली सहित १८ जना वेपत्ता


  • मंगलबार, असार २४ २०८२

  • रसुवा बाढी : तीन प्रहरी, ६ चिनियाँ र ९ नेपाली सहित १८ जना वेपत्ता

    काठमाडौं – रसुवाको बाढी पहिरोमा परि अहिले सम्म १८ जना वेपत्ता भएका छन । वेपत्ता मध्य तीन जना प्रहरी , ६ जना चिनियाँ नागरिक र ९ जना अन्य सर्वसाधारण छन । वेपत्ता हुनेमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
    बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।
    बेपत्ता हुने नागरिकहरुमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij