Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा गिरावट कायमै


  • बिहिबार, असार १२ २०८२

  • शेयर बजारमा गिरावट कायमै

    काठमाडौं – साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से ४ दशलमव ४५ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।

    आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको शेयर कारोबार भएको छ । आज विकास बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको शेयर मूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको शेयर मूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।

    आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij