Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्सेमा गिरावट कायमै, ७ अर्ब ९७ करोडको कारोबार


  • बिहिबार, जेष्ठ २२ २०८२

  • नेप्सेमा गिरावट कायमै,  ७ अर्ब ९७ करोडको कारोबार

    काठमाडौं -साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा बन्द भएको छ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ७ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको छ। आज ३११ वटा धितोपत्रको एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। एउटा कम्पनी स्थिर रहेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र लगानी समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको छ। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ।

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९१ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij