Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • बिहिबार, जेष्ठ २२ २०८२

  • माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं – नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं सांसद माधवकुमार नेपाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । पतञ्जली जग्गा प्रकरणमा उनी विरुद्ध अख्तियार दुरूपयोग अनुशन्धान आयोगले मुद्दा दायर गरेको हो ।
    नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
    २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।

    कार्टुन

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij