Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अनलाइन खबरको सम्पादकवाट शिव गाउँलेको राजिनामा


  • बिहिबार, जेष्ठ १ २०८२

  • अनलाइन खबरको सम्पादकवाट शिव गाउँलेको राजिनामा

    काठमाडौं – नेपालको अग्रणी अनलाईन पोर्टल अनलाड्न खबरको सम्पादकवाट शिव गाउँलेले राजिनामा दिएका छन।

    प्रधानमन्त्री केपी शर्मा ओली सहभागी बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित एक कार्यक्रममा सहभागी न्यून भएको समाचार संप्रेषण पछि उनको र अनलाइन खबरको आलोचना भएको थियो । पछि अनलाइन खबरले समाचार सत्य नभएको भन्दै हटाएको थियो । समाचार हटाएको विषयको पनि आलोचना भएको थियो । पत्रकारितामा पोष्ट डिलिटलाई आचार संहिता विपरित मानिन्छ । समाचार गलत भए अर्को समाचार वा सुचनाको माध्यमबाट सच्चाउँनु उपयुक्त हुन्थ्यो ।

    राजिनामा वारे जानकारी दिदै गाउँलेले भनेका छन –

    अनलाइनखबरको प्रधान सम्पादक पदबाट विदा लिएको छु । अध्यक्ष धर्मराज भुसाल, प्रवन्ध निर्देशक सुरेश भुसाल र सम्पादकीय सहकर्मीहरुमा आभार व्यक्त गर्दछु । प्रतिक्रिया र आलोचना मार्फत मलाई जवाफदेहि बन्न प्रेरित गर्ने आदरणीय पाठकहरुलाई धन्यवाद !

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij