Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड


  • बुधबार, बैशाख ३ २०८२

  • सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा बैशाख ३ गते, बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजन छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत चैत ३१ गते यस्तो सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। मंगलबार सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
    आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी, आज१० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij