Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


  • बिहिबार, चैत्र २८ २०८१

  • यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

    काठमाडौं – देशको आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्मको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय अवस्था सकारात्मक संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको रिपोर्टले विभिन्न आर्थिक सूचकांकहरूमा सुधारको संकेत दिएको छ । आर्थिक अनुसन्धान विभाग, बालुवाटारद्वारा सार्वजनिक विवरणअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत कायम भएको छ।

    यस अवधिमा आयात ११.२ प्रतिशत र निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशत र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ।

    शोधनान्तर स्थिति सकारात्मक देखिँदै रु. ३१० अर्ब ३७ करोडले बचतमा रहेको जनाइएको छ। त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ, जसले मुलुकको आयात क्षमता र विदेशी मुद्रा सञ्चय सन्तोषजनक रहेको संकेत दिन्छ।

    नेपाल सरकारको खर्च हालसम्म रु. ८३९ अर्ब ३६ करोड पुगेको छ भने राजस्व परिचालन रु. ७२० अर्ब ३५ करोडमा सीमित भएको छ।

    मुद्राप्रदायक पक्षबाट विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले र वार्षिक बिन्दुगत रूपमा ९.९ प्रतिशतले वृद्धि भएको छ।

    बैंक तथा वित्तीय संस्थातर्फबाट निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा हेर्दा निक्षेप वृद्धिदर ९.५ प्रतिशत र कर्जा वृद्धिदर ७.७ प्रतिशत रहेको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij