काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६६ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ७३ लाख ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १५४ वटा कम्पनीको शेयरमुल्य बढ्दा ९० वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
