Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम


  • बिहिबार, चैत्र २१ २०८१

  • सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम

    काठमाडौं -नेपाली बजारमा बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, विहिबार तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij