Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वराजालाई महानगरको जरिवानाबारे कमल थापा भन्छन् : ‘गलत ठेगानामा पठाईएको स्टण्ट पत्र’


  • शनिबार, चैत्र १६ २०८१

  • पूर्वराजालाई महानगरको जरिवानाबारे कमल थापा भन्छन् : ‘गलत ठेगानामा पठाईएको स्टण्ट पत्र’

    काठमाडौं – शुक्रवार तीनकुने क्षेत्रमा भएको राजावादीले क्षती पुऱ्याएको भन्दै काठमाडौं महानगर पालिकाले पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना गराएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आपत्ति प्रकट गरेका छन । उनले सामाजिक सञ्जालमा लेख्दै महानगरको पत्र गलत ठेगानामा पठाईएको पत्र’ जस्तो “स्टण्ट” भएको बताए । उनले पत्रको भाषामा समेत आपत्ति जनाउँदै फिर्ता लिन सुझाव दिए ।

    उनले भनेका छन :

    तिनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ।’गलत ठेगानामा पठाईएको पत्र’ जस्तो “स्टण्ट” भयो।

    मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।

    संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ।

    पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो।

    पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij