महेश बस्नेत भन्छन् : बालेन्द्र र महानगर प्रहरीको प्रतिवाद गर्न :भोलेन्टियर फोर्स’ गठन गऱ्यौ
काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहको कडा आलोचना गरेका छन । मेयर साहको सचिवालयले काठमाडौं टावर भत्काउँने निर्णय भएको बताए पछि नेता बस्नेतले साहको आलोचना गरेका हुन । उनले बालेनले अव काठमाडौंमा डोजर चलाए प्रतिवाद गर्ने चेतावनी दिए । युवा संघका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले महानगर प्रहरीले गरेका गलत कार्यकार्य को प्रतिवाद गर्न संघले ‘भोलेन्टियर फोर्स’ गठन गरेको बताए ।
हेर्नुहोस् कार्टुन
बस्नेतले बालेन्द्रको पछिल्लो टावर भत्काउने भनिएको निर्णयमा बारेमा भनेका छन् -‘काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद टुंग्याउन नसकेर दोषको भारी प्रमुख प्रशासकीय अधिकृतमाथि भिडाउने प्रयत्न सफल नभएपछि सरकारको मिलेमतो रहेको दावी गर्दै काठमाडौं महानगरको निर्णय भन्दै उक्त टावरको भवन भत्काउने निर्णय गरेको भनी आफ्नो स्वकीय सचिव भूपदेव शाहमार्फत मेयर बालेन शाहले प्रचारको अर्को स्टडन्टबाजी गर्न भ्याएछन्,’
बस्नेतले नगर प्रहरीको ज्यादति विरुद्ध प्रतिवाद गर्ने घोषणा गर्दै भनेका छन -’यो निर्णय साँच्चै भएको हो भने उनको लागि यो घातक हुनेछ। आग्रह कुण्ठा र रिसइबी साँधेर प्रमुख प्रशासकीय अधिकृतलाई हतियार बनाएर सरकारसँग र एमालेसँग बालेन लड्न खोजेको हो भने जनता मारा उनका डोजर आजसम्म जति चले चल्यो अब चल्ने छैन। नगर प्रहरीहरू माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विरोधी उनको नगर प्रहरी र त्यसको नाइके राजु पाण्डेलाई जनताले लखेटने छन्। युवा संघको आज गठित भोलेन्टियर फोर्सले जनतालाई साथ दिनेछ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
