काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले शुक्रवार मध्यराति सामाजिक सञ्चाल एक्समा स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गरेका छन । उनको स्टाटस प्रष्ट नबुझिए पनि महानगरमा सरकारले प्रमुख प्रशासकिय अधिकृत नपठाएको विषयसंग सम्बन्धित रहेको हुन सक्ने बुझ्न सकिन्छ । मेयर साह आफ्नो स्टाटसमा प्रधानमन्त्री ओली विरुद्ध लेखिरहेका हुन्छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली विरुद्ध मेयर साहले निरन्तर प्रहार गरे पनि एमालेबाटै निर्वाचित महानगर उपमेयर सुनिता डंगोल र करिव एक दर्जन वडा अध्यक्षले मेयर साहको कदमलाई नै साथ दिदै आइरहेका छन ।
मेयर साहले लेखेका छन :
प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!
शुक्रवार मध्य राति बालेन्द्र गरे प्रधानमन्त्री माथी क
टाक्
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
