Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २७५५ विन्दुमा पुग्यो, ११ अर्ब ५४ करोडको कारोबार


  • आइतबार, फाल्गुन ११ २०८१

  • नेप्से २७५५ विन्दुमा पुग्यो, ११ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६६ अंकले बढेर २,७५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनिको भने शेयर मूल्य स्थिर रहेको छ ।

    आइतबार ७ समूहमा हरियाली आएको छ । यसदिन बैैंकिङ समूहको ०.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.३३ प्रतिशत, जीवन बीमा समूहको ०.८६ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१३ प्रतिशतको शेयर मूल्य बढेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij