Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न


  • आइतबार, फाल्गुन ११ २०८१

  • हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

    काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०७७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गरेको छ । बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने विशेषा प्रस्ताव पनि सभाले पारित गरेको छ ।

    बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको भिन्न अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।
    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत माघ २५ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij