Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु


  • आइतबार, फाल्गुन ४ २०८१

  • मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु

    काठमाडौं – काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    यससँगै विस्फोटको घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij