काठमाडौं -नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
