Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


  • आइतबार, माघ २० २०८१

  • ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ २० गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नबिन कृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेबे, सुर्य बहादुर खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई, शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागांई, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नबिन कार्की, श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगम बहादुर कुँवर रहनुभएको छ ।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान, प्रभावकारी प्रहरी परिचालन एवम् जनमुखी सेवा प्रवाहको माध्यमबाट संगठनको साख वृद्धिमा प्रतिवद्ध भएर कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक कुलदिप चन्दले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि मन, वचन र कर्मले निष्ठापूर्वक प्राप्त जिम्मेवारीलाई वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij