काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अकंले बढेर २७२७.५८ बिन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ ।
आइतबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.५२ प्रतिशत, विकास बैंक समूहको ३.१५ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ३ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
