काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
