काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टी कोषाध्यक्षमा मनोनयन गरेका छन ।उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम कोषाध्यक्ष बनाइएको हो । कांग्रेसमा केन्द्रीय समिति सदस्यलाई कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
