Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से १३.९५ अकंले बढ्यो, १० अर्ब १८ करोडको कारोबार


  • बिहिबार, कार्तिक २९ २०८१

  • नेप्से १३.९५ अकंले बढ्यो, १० अर्ब १८ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको २ करोड १४ लाख २४ हजार १००कित्ता शेयर किनबेच हुँदा १० अर्ब १८ करोड ३४ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन सात उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    बिहिबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, १५९ कम्पनीको मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ । यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij