काठमाडौं – गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतले सुनाएको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । उनलाई उच्चले पाँच वर्ष कैद फैसला सुनाएको थियो ।मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। उच्चले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
२०६१ सालमा मिलन गुरुङ उर्फ चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मुद्दा दायर भएको थियो । मनाङ्गे र चक्रे दुवै अपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
