Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने


  • शनिबार, कार्तिक १० २०८१

  • यी स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने

    काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा आज केही घन्टा अवरूद्ध हुनेछ।

    रत्नपार्क वितरण केन्द्रको नयाँबजार फिडरअन्तर्गत पर्ने बिष्णुमती नदी पुर्व नयांबजार बाट सोह्रखुटे ओरालो हुदैं म्हेपि मन्दिर पुर्व भाग मनाङ्गे गेट, भ्याली कोल्ड स्टोर वखतीपोखरी, ईन्द्रायणी मन्दिर सम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    ती ठाउँहरुमा बाटोको बीचमा रहेको पोल हटाउनका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जानकारी दिएको छ।
    महाराजगन्ज वितरण केन्द्रको धापासी फिडर अन्तर्गत पर्ने बसुन्धारा, टोखारोड, बानियाटार, ग्राण्डि वरिपरि एरियामा प्रिभेन्टिभ मेन्टिनेन्स कार्यका लागि ती स्थानहरूमा बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।

    महाराजगन्ज वितरण केन्द्रकै खानेपानी फिडर अन्तर्गत पर्ने गोंगबु, गणेशस्थान, बानियाटार, भण्डारी गाउँ, जाल्पा चोक, धनेश्वर, भत्केको पुल, सांग्लालगायतका क्षेत्रमा पनि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।

    ती ठाउँमा पनि प्रिभेन्टिभ मेन्टिटेन्सको काम गर्न फिडर सटडाउन गर्नुपरेको प्राधिकरणले जनाएको छ। लगनखेल वितरण केन्द्रको खुमलटार फिडर र रिङरोड फिडर अन्तर्गत पर्ने चापागाउँ दोबाटो, ढोलाहिटी, साङपाङ चोक, सुनाकोठी, ठेचोलगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।

    ती स्थानहरूमा बुस कटिङको काम गर्नुपर्ने भएकाले फिडर सट डाउनमा राखिने प्राधिकरणले जनाएको छ। निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij