काठमाडौं – ललितपुरस्थित सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
शनिबार अपराह्नतिर महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस जलेर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ ।
आगलागीको कारण खुलेको छैन भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
