काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो ।
सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार छापावाला सुन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
