काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज २४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । यसदिन २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
