Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माण्डु र खानी खोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द


  • आइतबार, असोज १३ २०८१

  • माण्डु र खानी खोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द

    काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ।   अविरल वर्षाको कारणले आएको भिषण बाढीको कारण कम्पनीबाट संचालन गरिरहेको दुबै आयोजनाको विद्युत उत्पादन बन्द भएको हो ।

    कम्पनीको अनुसार टुंगुन ठास्ने (४.३६ मे.वा.) तथा खानी खोला (२ मे.वा.) आयोजनाहरुको पावर हाउसहरु तथा हेड वर्क्समा क्षति पुग्न गई भौतिक संरचना तथा उपकरण्हरुमा क्षति पुगि दुवै आयोजनहरु वन्द भई विद्युत उत्पादन बन्द रहेको छ ।

    त्यसैगरी  माण्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पादन रोकिएको छ। असोज ११ गते, शुक्रबारको दिनदेखि परेको अविरल भिषण वर्षाका कारणले बागमती खोलामा आएको बाढी तथा पहिरोले पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको कम्पनीले बताएको छ। यसका साथै प्लान्ट सञ्चालन अवरुद्ध भइ काबुभन्दा बाहिरको स्थिति श्रृजना भइ विद्युत उत्पादन हुन नसकेको कम्पनीले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ।

    सो सम्बन्धि पूर्ण क्षतिको विवरण भने आउन बाँकी रहेको कम्पनीले बताएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij