काठमाडौं – ललितपुरको भैसेपाटीमा एक जना ब्यापारीलाई हनिट्रयापमा पारी ३० लाख असुलिएको घटना सार्वजननिक भएको छ । त्यो पनि प्रहरीकै मिलेमतोमा !
घटना विवरण अनुसार एक ब्यवसायी सामाजिक सञ्जालमा चिनेको महिलासंग नजिकिन्छन । उनीहरुको सम्बन्ध प्रेममा परिणत हुन्छ । भेटघाट घुमफिर चलिरहन्छ । तर एउटा भेट उनका लागी अकल्पनिय हुन पुग्दछ । प्रेमिका भेटन भैसेपाटी पुगेका ति व्यवसायी प्रहरीको फन्दामा पारिन्छन्। बलात्कार मुद्दामा उजुरी परेको भन्दै उनलाई नेपाल प्रहरी प्रभाग भैंसेपाटी पुऱ्याइन्छ ।
त्यहाँ उनीसंग पैसाको मोलमोलाई गरिन्छ । बलात्कार मुद्धामा फसाइने प्रष्ट बुझे पछि उनले २० लाख महिलाको साथीको खातामा जम्मा गरे । १० लाखको चेक दिए । यी सबै घटनाक्रम प्रहरी प्रभाग प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीकै अगाढी भएको हो । यो प्रकरणमा शाहीको प्रत्यक्ष संलग्नता भेटिएको छ ।
पीडितले प्रहरी परिसर ललितपुरमा जानकारी गराए पछि घटनको सबै विवरण खुलेको हो । अहिले शहिलाई निलम्बन गर्न सिफारिस गरिएको छ भने थप छानविन गर्न डिएसपीको नेतृत्वमा छनविन समिति गठन गरिएको छ । हनिट्रयापमा पार्न खोज्ने महिला परिसरको हिरासतमा छिन । प्रहरी निरीक्षक शाही कञ्चनपुरमा रहदा समेत विवादास्पद थिइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
