Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युनिलिभर नेपालको लाभांश घोषणा


  • बुधबार, असोज ९ २०८१

  • युनिलिभर नेपालको लाभांश घोषणा

    काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । यसअघि कम्पनीले आव २०७९।८० मा १५८० प्रतिशत लाभांश दिएको थियो ।

    कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको हुँदा असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।

    प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij